June 14, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई लिएर चलिरहेको लफडाले पिएसजीलाई पर्न सम्म समस्या परिरहेको छ। एम्बाप्पेसँगको लफडाले पिएसजीको ट्रान्सफर योजनालाई नै असर गरिरहेको छ।

एम्बाप्पेसँगको लफडाका कारण पिएसजीले टार्गेट गरेका खेलाडीहरु पिएसजीमा सामेल हुन नमानिरहेको फ्रेन्च पत्रिका ले इक्विपले जनाएको छ। ले इक्विपका अनुसार एम्बाप्पेसँगको विवादका कारण पिएसजीले भित्र्याउन चाहेका केहि खेलाडीहरुले पिएसजीमा कम चासो देखाएका हुन्।

एम्बाप्पेले सन् २०२३-२४ सिजन पछि फ्रान्सेली राजधानीमा आफ्नो बसाइ विस्तार गर्न अस्वीकार गरेपछि पिएसजी रुष्ट भएको छ। एमबाप्पे प्रि-सिजन टुरको लागि जापान गएको टोलीमा थिएनन्।

एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्न २०२२ मा दुई वर्षको सम्झौता गरेका थिए। उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प थियो, जसलाई एमबाप्पेले अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *