June 25, 2024

एजेन्सी – डेनिस फरवार्ड रास्मस होएलण्ड प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन्। इटालियन क्लब एटलान्टाबाट फुटबल खेल्दै आइरहेका होएलण्ड युनाइटेडमा आवद्ध भएका हुन्।

युनाइटेडले होएलण्डलाई भित्र्याउन ७२ मिलियन पाउण्ड खर्च गर्यो। युनाइटेडले होएलन्डलाई शनिबार ओल्ड ट्राफर्डमा सार्वजनिक गरिसकेको छ। ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनसको रुपमा तिर तिर्न तयार भएपछि एटलान्टाले युनाइटेडसँग सम्झौता गरेको हो।

होएलण्ड सन् २०२२ मा एटलान्टा पुगेका थिए। सन् २०२२-२३ को सिजनभर उनले कुल ३४ खेल खेलेका थिए। जसमा उनले १० गोल गरेका थिए भने ४ गोलका लागि असिस्ट दिएका थिए।

होएलण्ड भन्दा अगाडी युनाइटेडले यस समर ट्रान्सफर विन्डोमा दुई खेलाडीलाई भित्र्याएको थियो। युनाइटेडले ५५ मिलियन पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *