June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो ररोनाल्डो आवद्ध साउदी क्लब अल नासर आज एक्सनमा उत्रँदैछ। अल नासर च्याम्पियन्स कपको क्वाटरफाइनलको खेलका लागि एक्सनमा उत्रन लागेको हो।

अल नासरले आज राति मोरक्कोको राजा कलासाबान्काको सामना गर्नेछ। समूह ‘डी’को समूह विजेता राजा कलासाबान्का र समूह ‘सि’को उपविजेता बीचको खेल नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

समूहचरणका खेलमा राजा कलासाबान्काले सबै खेलमा जित निकालेको थियो। त्यस्तै अल नासर भने समूहचरणमा १ जित र दुई बराबरी सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो।

अल नासरको पछिल्लो खेलमा रोनाल्डोले हार टारेका थिए। समूहचरणको अन्तिम खेलमा जामालेकको सामना गर्दा रोनाल्डोले अन्तिम समयमा गोल गरेपछि अल नासर क्वाटरफाइनलमा अपुगेको हो। क्वाटरफाइनलमा पनि आज अल नासर रोनाल्डोमै भर पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *