June 17, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमा आवद्ध अल इत्तिहाद अरब क्लब च्याम्पियनसिपबाट बाहिरिएको छ। अरब क्लब च्याम्पियनसिपको क्वाटरफाइनलमा अल हिलालसँग पराजित भएसंगै इत्तिहाद प्रतियोगिताबाट बाहिरिएको हो।

शनिबार राति भएको खेलमा अल हिलाल विरुद्ध इत्तिहादले कम्जोर प्रदर्शन गर्यो। इत्तिहादले बलमा मात्र ३८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इत्तिहादको तर्फबाट कुल ६ प्र-हार भएका थिए। जसमध्ये ३ प्र-हार टार्गेटमा थिए।

त्यस्तै अल हिलालले भने खेलभर ९ प्रहा-र गरेको थियो। त्यसमध्ये ३ प्र-हार टार्गेटमा थिए। पहिलो हाफबाटै अग्रता लिएको अल हिलालले इत्तिहादलाई ३-१ को गोल अन्तरले पराजित गर्न सक्यो।

अल हिलालका लागि मालकम, सलेम अल्दावसारी र सेर्गेज मिलिनकोभिक साभिकले गोल गर्दा अल इत्तिहादका लागी रोमारिन्होले सन्तान गोल गरेका थिए। स्टार खेलाडी बेन्जेमाले भने खासै प्रभाव जमाउन सकेनन्।

प्रतियोगिताका समूहचरणका तीनै खेलमा गोल गरेका बेन्जेमाले अल हिलाल विरुद्धको खेलमा भने गोल गर्न सकेनन्। बेन्जेमा पेनाल्टीमा समेत चुक्न पुगेका थिए। खेलको ७९ औं मिनेटमा बेन्जेमाले पेनाल्टी मिस गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *