June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई एक साथ झड्का लागेको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको निर्णयले पिएसजी र बार्सिलोनाको ट्रान्सफर योजनामा एकसाथ धक्का लागेको हो।

सिटीले क्लबका खेलाडी बर्नार्डो सिल्भाको सम्बन्धमा स्पष्ट निर्णय गर्दै कुनै पनि क्लबसँग वार्ता नगर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार सिटीले बर्नार्डो सिल्भाका लागि अब कुनै पनि अफर सुन्ने छैन।

चर्चित ट्रान्सफर गुरु फब्रिजियो रोमानोका अनुसार सिटीले सिल्भालाई छिट्टै आकर्षक सम्झौताको प्रस्ताव गर्ने तयारी गरिरहेको छ। सिटीले सिल्भालाई दीर्घकालीन सम्झौता प्रस्ताव गर्ने तयारी गरेको हो।

सिल्भा र सिटी बीच सन् २०२५ सम्मका लागि सम्झौता छ। तर सिटीले अहिले नै सिल्भासँग दीर्घकालीन सम्झौताको तयारी गरिरहेको छ। सिल्भालाई बार्सिलोना र पिएसजी दुवै क्लबले भित्र्याउन चाहेका थिए।

बार्सिलोना गत सिजन देखि नै सिल्भाको पछि छ। त्यस्तै पिएसजीले पनि यस समर ट्रान्सफर विन्डोमा सिल्भालाई भित्र्याउन चाहेको खबर निरन्तर आइरहेका छन्। सिटीले अब कुनै पनि क्लबकको प्रस्ताव नसुन्ने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *