June 25, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई क्याटलान क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती चाहिएको थाहा हुन आएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले बार्सिलोनाका फातीलाई भित्र्याउन चाहेको हो।

पिएसजीका प्रशिक्षक लुइस एनरिके फातीको प्रशंसक रहेको र उनले पिएसजी अभियानमा फातीलाई पनि जोड्न चाहेको बताइएको छ। पिएसजीले फातीका लागि बार्सिलोनालाई प्रस्ताव पठाउने तयारी गरिरहेको बताइएको छ।

पिएसजीले बार्सिलोनाका विंगर ओस्मान डेम्बेलेलाई भित्र्याउने पक्का भैसकेको छ। अब पिएसजीको नजर फाती तर्फ मोडिएको छ। यस बाहेक पिएसजीले पोर्चुगिज स्टार गोन्कालो रामोससँगको सम्झौतालाई पनि अन्तिम रुप दिरहेको छ।

फातीलाई बार्सिलोनामा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको स्थान लिने खेलाडीको रुपमा हेरिएको थियो। तर उनले अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न भने सकेनन्। चोटले पनि उनलाई दुख दियो। पिएसजीले भित्र्याउन चाहेपनि फाती भने बार्सिलोनामै रहने पक्षमा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *