June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको क्वाटरफाइनल मा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम १६ मा रोमान्चक जित निकाल्दै मियाई क्वाटरफाइनलमा प्रवेश गरेको हो।

सोमबार बिहान भएको खेलमा मियामीले एफसि डालासलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। खेल ४-४ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउट हुँदा मियामी विजयी भयो।

निकै रोमान्चक बनेको खेलमा कुल आठ गोल भए। खेलको सुरुवातमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएपनि मियामीले पहिलो हाफमा दुई गोल बेहोर्यो। फाकुन्डो क्विगनन् र बर्नार्ड कामुन्गोले ३७ र ४५ औं मिनेटमा गोल गर्दा मियामी पहिलो हाफमा २-१ को गोल अन्तरले पछि परेको थियो।

खेलको ६३ औं मिनेटमा डालासका लागि एलन भेलास्कोले डालासका लागि तेस्रो गोल गरे। बेन्जामिन क्रेमास्चीले ६५ औं मिनेटमा गोल गरे मियामीलाई खेलमा फर्काए। ६८ औं मिनेटमा डालासले एक गोल उपहारमा पायो। रोबर्ट टेलरले आत्मघाती गोल गर्दा डालास ४-२ को गोल अन्तरले अगाडी बढ्यो।

खेलको ८० औं मिनेटमा मियामीले एक गोल उपहारमा पायो। मार्को फारफानले आत्मघाती गोल गर्दा खेल ४-३ को अवस्थामा पुग्यो। खेलको ८५ औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्री किक गोल गर्दै खेललाई ४-४ को अवस्थामा पुर्याए। निर्धारित ९० मिनेट पछि थप गरिएको समयमा कुनै पनि टोलीले थप गोल गर्न सकेनन्। त्यसपछि खेल पेनाल्टीमा जाँदा मियामी ५-३ को पेनाल्टी गोल अन्तरले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *