June 17, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल-इत्तिहादले प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहलाई बम्पर अफर दिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार अल-इतिहाद सलाहलाई उच्च पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको हो।

अल इत्तिहादले सलाहलाई यहि समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको र १ सय ८० मिलियन युरो पारिश्रमिक दिन तयार रहेको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्।

यसैबीच साउदी अरेबियाको टेलिभिजन स्टेशन अल-रियादियाले पनि यो खबरलाई पुष्टि गरेको छ। अल-रियादियाका अनुसार अल इत्तिहाद सलाहलाई दुई वर्षे सम्झौता दिन तयार छ।

अल इत्तिहाद सलाहका लागि ७० मिलियन युरो ट्रान्सफर रकम लिभरपुललाई तिर्न तयार रहेको पनि अल-रियादियाले जनाएको छ। अल इत्तिहादले यस अगाडी लिभरपुलकै खेलाडी भित्र्याएको थियो। लिभरपुलका ब्राजिलियन मिडफिल्डर फाबिन्होका लागि इत्तिहादले ४५ मिलियन युरो खर्च गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *