June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी मात्र चार खेलमा सन् २०२३ मा सबै भन्दा बढी गोल गर्ने इन्टर मियामी खेलाडी बन्न सफल भएका छन्। मियामी आवद्ध भएर चार खेल मात्र खेल्दै मेस्सी सन् २०२३ मा सबै भन्दा बढी गोल गर्ने मियामी खेलाडी बनेका हुन्।

लिग कपमा मियामीका लागि मेस्सी उत्कृष्ट लयमा छन्। मेस्सीले आफ्नो नयाँ क्लबका लागि चार खेलमै ७ गोल गरिसकेका छन्। आफ्नो डेब्यु खेलमा क्रुज अजुल विरुद्ध फ्रि-किक बराबरीमा गोल गरेपछि मेस्सीले एटलान्टा युनाइटेड र ओर्लान्डो सिटी विरुद्ध ब्याक-टु-ब्याक गोल गरेका थिए।

मेस्सीले एटलान्टा र ओर्लान्डो दुवै विरुद्ध दुई दुई गोल गरेका थिए। त्यस्तै सोमबार मेस्सीले डालास एफसि विरुद्धको खेलमा पनि दुई गोल गरे। मेस्सीले डालास विरुद्ध खाता खोल्न एक गोल र मियामीलाई ४-४ को बराबरी दिलाएर हार टार्न खेलको अन्त्य तिर फ्रीकिक गोल गरेका हुन्।

त्यस्तै मेस्सीको नाममा एक असिस्ट पनि रहेको छ। मियामी पुगेको चार खेलमै मेस्सीले सात गोल गरेका मेस्सी मियामीको सर्वाधिक गोलकर्ता बन्ने दाउमा हुन सक्छन्। मियामीको इतिहाँसमा सबै भन्दा बढी गोल गोन्जालो हिगुइनले गरेका छन्।

र्जेन्टिनी राष्ट्रिय टोलीका पूर्व सहकर्मी समेत रहेका गोन्जालो हिगुइनले मियामीका लागि २९ गोल गरेका छन्। पाँच गोल गरिसकेका मेस्सीले अब मात्र २२ गोल गर्दा गोन्जालो हिगुइनलाई भेट्टाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *