June 14, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहले साउदी अरबबाट आएको मेगा अफरलाई स्वीकार नगर्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार साउदीबाट आएको मेगा अफरमा कुनै चासो नरहेको दावी गरेका हुन्।

सलाहका एजेन्टलाई उदृत गर्दै विभिन्न खेल मिडियाहरुले यो स्पष्ट पारेका छन् कि सलाह लिभरपुलमै कटिवद्ध छन् र साउदी जाने कुनै योजना छैन। सलाह शत प्रतिशत लिभरपुलमै केन्द्रित रहेको उनको एजेन्टको दावी छ।

साउदी प्रो लिग क्लब अल-इत्तिहादले हालसालै प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहलाई बम्पर अफर दिएको थियो। विभिन्न खेल मिडियामा आएका खबर अनुसार सलाहलाई १ सय ८० मिलियन युरो पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरिएको थियो। तर सलाहका एजेन्टले भने यस वर्ष लिभरपुल छाड्ने भएको भए सलाहले लिभरपुलसँगको सम्झौता थप गर्ने नै थिएनन्।

“यदि हामीले यो वर्ष छोड्ने विचार गरेका थियौं भने गत समरमा लिभरपुलसँगको सम्झौता थप गर्ने नै थिएनौं। मोहम्मद लिभरपुलप्रति प्रतिबद्ध छन्”,सलाहका एजेन्ट भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *