June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले ब्राजिलियन स्टार नेयमारको मूल्य तोकेको छ। विभिन्न फ्रेन्च खेल मिडियाहरुका अनुसार पिएसजीले नेयमारको मूल्य तोकेको हो।

नेयमारले पिएसजी छाड्ने चर्चा चलिरहेका बेला केहि फ्रेन्च मिडियाहरुले नेयमारको न्यूनतम बिक्री मूल्य ५० मिलियन पाउण्ड तोकेको बताइएको छ। पिएसजीले नेयमारका लागि ५० मिलियन पाउण्ड देखि ८० मिलियन पाउण्ड सम्मका आफ़र सुन्ने योजना बनाएको स्काई स्पोर्ट्सले जनाएको छ।

पिएसजीले गत समर ट्रान्सफर विन्डो देखि नै नेयमारलाई बिक्री गर्न खोजिरहेको छ। तर कुनै पनि क्लबबाट उचित प्रस्ताव नआउँदा पिएसजीको योजना सफल हुन सकिरहेको छैन। त्यस्तै नेयमारले पनि पिएसजी छाड्न चाहेको बताउने गरिएको छ।

यसैबीच पिएसजीले युवा टोली निर्माण गर्न खोजिरहेको छ। पिएसजीले बेन्फिकाबाट पोर्चुगिज हिटम्यान गोन्कालो रामोसलाई अनुबन्ध गर्ने घोषणा गरिसकेको छ भने अन्य खेलाडी पनि भित्र्याउन लागिरहेको छ।

पिएसजी बार्सिलोनाबाट ओस्मान डेम्बेलेको ट्रान्सफर फत्ते गर्ने कगारमा छन् भने इनट्राक्ट फ्रान्कफर्टको रान्डल कोलो मुआनी पनि भित्र्याउने योजना सहित अगाडी बढिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *