June 14, 2024

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको अल-नासरले पोर्चुगिज मेगास्टारलाई भित्र्याएपछि प्रगति गर्न जारी राखेको छ। गत सिजन साउदी प्रो लिगको उपाधि होडमा अल इत्तिहादसँग पछि परेपनि अल नासरले अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

क्वाटरफाइनलमा मोरक्कोको राजा क्लासबान्कालाई पराजित गरेसंगै अल नासर सेमिफाइनलमा प्रवेश गरेको हो। अरब क्लब कपको सेमिफाइनलमा झन्डै ३० वर्ष अगाडी पुगेको थियो। त्यसपछि कुनै पनि वर्ष अल नासर अरब कपको सेमिफाइनलमा प्रवेश गर्न सकेको थिएन।

सन् १९९५ मा अल नासर प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो। २८ वर्ष अगाडी अल नासर साउदी क्लब अल हिलालसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। अल नासरलाई अल हिलालले पेनाल्टी सुटआउटमा पराजित गएको थियो।

तर रोनाल्डोको आगमन पछि भने यो सम्भव भएको छ। अल नासरले अब सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ। कतारको अल सादलाई पराजित गरेको अल शोर्ता र अल नासर फाइनल प्रवेशका लागि आमने-सामने हुनेछन्। अल शोर्तालाई पराजित गर्न सकेको खण्डमा अल नासरले इतिहाँस बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *