June 16, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ। सोमबार राति भएको खेलमा प्रिमियर लिग क्लब टोटेनह्यामलाई पराजित गर्दै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको हो।

टोटेनह्याम विरुद्धको खेलमा बार्सिलोनाले बलमा नियन्त्रण राखेर टोटेनह्याम विरुद्ध राम्रो आक्रमण गर्यो। टोटेनह्यामलाई ४-२ को गोल अन्तरले पराजित गर्न बार्सिलोना सफल भएको थियो।

पहिलो हाफमा पछि परेपनि बार्सिलोनाले खेलको अन्त्यमा कम्ब्याक गर्न सक्यो। खेलको सुरुवातमा अग्रता लिएपनि पछि टोटेनह्यामले दुई गोल गर्दा बार्सिलोना पहिलो हाफमा २-१ को गोल अन्तरले पछि परेको थियो।

तर खेलको अन्त्य तर्फ बार्सिलोनाले तीन गोल थप्यो। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती र अब्दे इज्जलजौलीले एक-एक गोल गरेका थिए। त्यस्तै टोटेनह्यामका लागि भने ओलिभर स्किपले दुवै गोल गरेका थिए।

जोन ग्याम्पर ट्रफीका लागि भएको खेल दुवैका लागि प्रिसिजनका अन्तिम खेल थिए। अब दुवै टोली घरेलु लिग तर्फ केन्द्रित हुनेछन्। बार्सिलोनाले लालिगाको नयाँ सिजनको पहिलो खेलमा गेटाफेको सामना गर्दा टोटेनह्यामले ब्रेन्फोर्डको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *