June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले आज राति इराकी क्लब अल शोर्ताको सामना गर्दैछ। अल नासरले अरब क्लब कप २०२३ को सेमिफाइनलमा अल शोर्ताको सामना आज गर्न लागेको हो।

समूहको उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेर क्वाटरफाइनलमा मोरक्कोको राजा क्लासबान्कालाई सहजै पराजित गरेको अल नासरले आज राति फाइनलमा स्थान बनाउन इराकी क्लबको सामना गर्नेछ।

आज राति अल नासरले २८ वर्षपछि अरब क्लब कपको सेमिफाइनल खेल खेल्नेछ। सन् १९९५ मा अल हिलाल विरुद्ध प्रतियोगिताको सेमिफाइनल खेलेयता अल नासर कहिले पनि सेमिफाइनल खेलेको थिएन।

अल शोर्ता र अल नासर बीचको खेल नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। अल नासरलाई फाइनलमा पुर्याउन रोनाल्डोले पक्कै पनि सक्दो प्रयास गर्नेछन्। रोनाल्डोले क्वाटरफाइनलमा अल नासरलाई सुरुवाती अग्रता दिलाउने कार्य गरेका थिए। आज राति हुने खेलमा पनि रोनाल्डो गोल गर्दै अल नासरलाई फाइनलमा पुर्याउने दाउमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *