June 22, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र फ्रेन्च स्टार किलियन एम्बाप्पे बीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ। एम्बाप्पेले क्लबसँगको सम्झौता सन् २०२४ पछि थप नगर्ने भएसंगै दुई पक्ष बीचको सम्बन्ध बिग्रिएको हो।

पिएसजीले एम्बाप्पेलाई बिक्री गर्ने निर्णय गरिसकेको छ। रियल म्याड्रिडसँग भित्र भित्रै सम्झौता गरेको आरोप पिएसजीको रहेको छ। पिएसजीले एम्बाप्पेलाई प्रिसिजन टोलीबाट बाहिर राखेको थियो।

एम्बाप्पेलाई बिक्री गर्न नसकिए पनि नखेलाउने पिएसजीको योजना रहेको छ। यसैबीच पिएसजीले आफ्नो स्टेडियमबाट एमबाप्पेका पोस्टर समेत हटाउन सुरु गरेको छ। आउने सिजनमा एम्बाप्पेलाई प्रयोग नगर्ने निर्णय गरेको पिएसजीले एम्बाप्पेको पोस्टर हटाउन सुरु गरेको स्थानीय मिडियाहरुले जनाएका छन्।

त्यति मात्र होइन पिएसजीले एम्बाप्पेको जर्सी पनि बिक्री नगर्ने भएको छ। फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले एम्बाप्पेको जर्सी बिक्री वितरणमा रोक लगाएको हो।

एम्बाप्पेबाट धोका भएको बताइरहेको पिएसजीले नयाँ सिजनका लागि नयाँ खेलाडीहरु भित्र्याउने क्रम जारी राखेको छ। पिएसजीले केहि दिन अगाडी मात्रै पोर्चुगिज क्लब बेन्फिकाबाट गोन्कालो रामोसलाई लोनमा भित्र्याएको थियो भने छिट्टै बार्सिलोनाबाट उस्माने डेम्बेलेलाई पनि भित्र्याउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *