June 22, 2024

एजेन्सी – प्रिमियर लिग म्यानचेस्टर युनाइटेडमा अलपत्र परेका डिफेन्डर ह्यारी म्यागुइरले नयाँ क्लब भेट्टाएका छन्। युनाइटेडमा एरिक टेन ह्यागको आगमन पछि पहिलो रोजाईमा पर्न नसकेका म्यागुइरले नयाँ क्लब भेट्टाएका हुन्।

म्यागुइरलाई लिएर प्रिमियर लिगकै एक क्लबले पठाएको प्रस्ताव युनाइटेडले स्वीकार गरेको छ। युनाइटेडले म्यागुइरका लागि वेष्ट ह्याम युनाइटेडले पठाएको प्रस्ताव युनाइटेडले स्वीकार गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

यो खबरलाई ट्रान्सफर गुरु फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रोमानोका अनुसार वेष्ट ह्यामले पठाएको ३० मिलियन पाउण्डको प्रस्ताव युनाइटेडले स्वीकार गरिसकेको छ।

गत महिना वेष्ट ह्यामले म्यागुइरका लागि २० मिलियन पाउण्डको प्रस्ताव पठाएको थियो र सो प्रस्ताव रिजेक्ट भएको थियो। तर अब भने युनाइटेड र वेष्ट ह्याम बीच सहमति भएको छ।

युनाइटेड र वेष्टह्याम बीच सहमति भैसकेको अवस्थामा अब मात्रै म्यागुइरको निर्णय बाँकी रहेको छ। वेष्ट ह्याम जाने कि नजाने भन्ने निर्णय अब म्यागुइरमा भर पर्नेछ। वेष्ट ह्याम गए उनले नियमित खेल्न पाउनेछन्। युनाइटेडमा भने उनले बेन्च तताउनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *