June 17, 2024

एजेन्सी – पोर्चुगिज सार क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी क्लब अल नासर अरब क्लब कप २०२३ को फाइनलमा प्रवेश गरेको छ। बुधबार रति इराकी क्लब अल शोर्तालाई पराजित गर्दै अल नासर अरब क्लब कपको फाइनलमा प्रवेश गरेको हो।

खेलको सुरुवात देखि नै बलमा राम्रो नियन्त्रण राखेर आ-क्र-मण गरेपनि अल नासरले पेनाल्टी गोलबाट अल शोर्तालाई पराजित गर्न पर्यो। पहिलो हाफ गोल रहित बराबरीमा टुंगियो। तर दोस्रो हाफमा पेनाल्टीको अवसर पाउँदा त्यसको फाइदा अल नासरले उठायो।

खेलको ७३ औं मिनेटमा भिएआरको सहायतामा रेफ्रीले अल नासरलाई पेनाल्टीको अवसर दिए। खेलको ७५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीलाई गोलमा परिणत गरे। सो गोल नै खेलको निर्णायक बन्दा अल नासरले फाइनलमा स्थान बनायो।

खेलभर अल नासरले बलमा कुल ६४ प्रतिशत नियन्त्रण राख्यो। खेलभर अल नासरको तर्फबाट कुल १५ प्र-हार भएका थिए। जस मध्ये ५ प्रहा-र टार्गेटमा थिए। त्यस्तै अल शोर्ताको तर्फबाट भने मात्र ६ प्र-हार भएका थिए, जसमध्ये ३ प्रहा-र मात्र टार्गेटमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *