June 16, 2024

एजेन्सी – आरएमसी स्पोर्ट्सका फाब्रिस हकिन्सका अनुसार ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक लुइस एनरिकेले आफ्नो योजनामा राख्न नचाहेका खेलाडीमा पर्छन्।

बुधबार एक ट्वीट गर्दै हकिन्सले नेयमार सहित पाँच खेलाडी एनरिकेको योजनामा नरहेको दावी गरेका हुन्। नेयमारका अलावा मार्को भेराट्टी र रेनाटो सान्चेस पनि एनरिकेको योजनामा नरहेको हकिन्सको दावी छ।

उनले यो पनि दावी गरेका छन् की जुआन बर्नाट र ह्युगो एकिटिके पनि एनरिकेको योजनामा छैनन्। लियोनेल मेस्सी पहिले नै छोडिसकेका छन् र एक फ्री एजेन्टको रूपमा इन्टर मियामीमा सामेल भएका छन्।

त्यस्तै किलियन एमबाप्पे पनि क्लब छोड्ने तयारीमा छन्। मार्को भेराट्टी लगायत अन्य खेलाडीहरू पनि बाहिरिएको खण्डमा पिएसजीको एक युगको अन्त्य हुनेछ। नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी पुगेका हुन्।

नेयमार विश्वकै सबै भन्दा महँगा ट्रान्सफर रहेका छन्। उनको लागि पिएसजीले २ सय २२ मिलियन युरो ट्रान्सफर रकम तिरेको थियो। उनले पिएसजीका लागि १ सय ७३ खेलमा १ सय १८ गोल गरे भने ७७ असिस्ट प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *