June 14, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी भूमिकामा पहिलो उपाधिको नजिक पुगेका छन्। साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेसंगै रोनाल्डो साउदीमा पहिलो उपाधि जित्ने अवस्थामा पुगेका हुन्।

बुधबार राति भएको खेलमा अल नासरले इराकको अल शोर्तालाई १-० को गोल अन्तरले पराजित गर्यो। खेलको एक मात्र गोल रोनाल्डोले गरेका थिए। रोनाल्डोले लगातार चौथो खेलमा गोल गर्दा अल नासरले फाइनलको यात्रा तय गर्यो।

पेनाल्टी क्षेत्रभित्र सेनेगलका स्टार साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरलाई रोनाल्डोले खेर जान दिएनन्। रोनाल्डोले पेनाल्टीले गोलमा परिणत गरे।

रोनाल्डोको गोलले फाइनल पुगेसंगै अल नासरले इतिहाँस बनाएको छ। अल नासर अहिले सम्म अरब क्लब च्याम्पियन्स कपको फाइनलमा कहिले पनि पुगेका थिएन। अल नासर सेमिफाइनल सम्म २८ वर्ष अगाडी पुगेको थियो। सन् १९९५ मा सेमिफाइनलमा अल नासर अल हिलालसँग पराजित भएको थियो।

अल नासरले फाइनलमा अब अल हिलालको सामना गर्नेछ। अल हिलालले बुधबार राति नै अल शबाबलाई पराजित गरेको थियो। अल हिलालले ३-१ को जित गर्दै अल नासरसँग भिड्ने पक्का गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *