June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सँगै खेल्ने अवसरलाई रिजेक्ट गरेका रियल म्याड्रिडआ पूर्व स्टार इडेन हाजार्डलाई अर्को एमएलएसले भित्र्याउने प्रयास गरेको थाहा हुन आएको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार हाजार्डलाई एमएलएस क्लब भ्यानकुभर ह्वाइटक्याप्सले भित्रयाउन खोजेको हो। भ्यानकुभर ह्वाइटक्याप्सको नजरमा हाजार्ड रहेको र सम्झौता प्रस्ताव गर्न तयार रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ।

भूतपूर्व बेल्जियम अन्तर्राष्ट्रिय अहिले एक नि: शुल्क एजेन्टको रुपमा रहेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडमा फ्लप सिजनहरु बिताएपछि आपसी सहमतिमा रियल म्याड्रिड र उनी बीचको सम्झौता रद्द भएको हो।

हाजार्डलाई अमेरिकी क्लब इन्टर मियामीले भित्र्याउन चाहेको थियो। तर हाजार्डले मियामी जान इच्छा देखाएनन्। हाजार्डमा युरोपेली क्लबले खासै चासो देखाएन छैनन्। अब उनको यात्रा कि त अमेरिकी हुनेछ, कि साउदी तिर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *