June 14, 2024

एजेन्सी – बुधबार राति साउदी अरेबियन क्लब अल नासर इतिहाँसमै पहिलो पटक अरब क्लब च्याम्पियन्स कप को फाइनलमा प्रवेश गर्यो। इराकको अल शोर्तालाई १-० ले हराउँदै अल नासर फाइनलमा प्रवेश गर्न सफल भएको हो।

अल नासरलाई फाइनलमा पुर्याउन क्रिस्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निभाए। रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरको जित पक्का गरेका थिए। अल शोर्ता विरुद्ध गरेको गोल रोनाल्डोका लागि प्रतियोगिताको चौंथो गोल थियो।

रोनाल्डोले प्रतियोगिताका पहिलो खेल बाहेक हरेक खेलमा गोल गरेका छन्। पहिलो खेलमा गोल गर्न नसकेपनि त्यसयताका चार खेलमा रोनाल्डोले एक-एक गोल गरेका छन्। यससंगै रोनाल्डोले एक रेकर्ड पनि बनाएका छन्।

रोनाल्डोले अरब क्लब च्याम्पियन्स कपका लगातार चार खेलमा गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन्। अहिले सम्म प्रतियोगितामा निरन्तर चार खेलमा कुनै पनि खेलाडीले गोल गरेको रेकर्ड थिएन।

त्यस्तै रोनाल्डो प्रतियोगिताको शिर्ष गोलकर्ता समेत रहेका छन्। रोनाल्डो बुधबार राति भएको खेलको प्लेयर अफ द म्याच पनि घोषित भएका थिए। रोनाल्डो अब अल नासरका लागि पहिलो उपाधि जित्ने दाउमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *