June 22, 2024

एजेन्सी – सन् २०२३-२४ को सिजन सुरु हुनै लाग्दा स्पेनिस महारथी रियल म्याड्रिडलाई नराम्रो झ-ड्का लागेको छ। सन् २०२२-२३ को सिजन खासै राम्रो नबितेपनि नयाँ सिजनमा सानदार प्रदर्शन गर्ने योजनामा रहेको रियललाई सिजन सुरु नहुँदै झ-ड्का लागेको हो।

म्याड्रिडका पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवालाई गम्भीर चोट लागेको छ। बिहिबार प्रशिक्षणका क्रममा उनको बायाँ घुँडामा गम्भीर चोट लागेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

बिहिबार गरिएको प्रारम्भिक परीक्षणले नै कोर्टुवाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) मा चोट लागेको देखाएको छ। कोर्टुवाको थप परीक्षण भइरहेको बताइएको छ। उनको खुट्टाको शल्यक्रिया हुने उच्च सम्भावना रहेको छ।

शल्यक्रिया पश्चात उनले लामो समय मैदान बाहिर रहनु पर्नेछ। उनले कम्तीमा ६ महिना गुमाउने अनुमान गरिएको छ। एसिएलमा चोट लागेपछि निको हुन ९ महिना सम्म लाग्न सक्छ।

कोर्टुवालाई चोट लागेपछि रियल समस्यामा परेको छ। सिजनको सुरुवात हुन केहि दिन मात्र बाँकि रहेको अवस्थामा महत्वपूर्ण खेलाडी घाइते हुनु पक्कै सामान्य कुरा होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *