June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। लिग्स कपको क्वाटरफाइनलमा शनिबार बिहान सानदार जित निकाल्दै मियामी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

मियामीले घरेलु मैदानमा शनिबार बिहान चार्लोट एफसीमाथि फराकिलो जित दर्ता गर्यो। कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा उच्च प्रदर्शन गर्दा मियामीले चार्लोटलाई ४-० को गोल अन्तरले पराजित गर्न सफल भएको हो।

मियामीको जितमा जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले गोल गर्दा एक गोल भने उपहारमा पाएको थियो। मियामीले पहिलो हाफमा दुई गोल गर्दा दोसो हाफमा दुई गोल गर्न सफल भएको थियो।

मियामीले खेलभर राम्रो नियन्त्रण राखेर आक्र-मण गरेको थियो। बलमा मियामीको ६२ प्रतिशत नियन्त्रण थियो। खेलभर मियामीले कुल ९ प्र-हार गरेको थियो। जस मद्ये ७ प्रहा-र टार्गेटमा थिए।

खेलको १२ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दा ३२ औं मिनेटमा टेलरले मियामीको अग्रता दोब्बर पारेका थिए। ७८ औं मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गर्दा खेल ३-० को अवस्थामा पुगेको थियो। मेस्सीले प्रतियोगिताको आठौं गोल ८६ औं मिनेटमा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *