June 17, 2024

एजेन्सी – साउदी क्लब अल नासरले आज राति अल हिलालको सामना गर्दैछ। अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा अल नासरले पूरानो प्रतिद्वन्दी अल हिलालको सामना गर्न लागेको हो।

अरब क्लब च्याम्पियन्स कप २०२३ उपाधिका लागि अल नासर र अल हिलाल बीचको खेल किंग फहद स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार रातको ८ वजेर ४५ मिनेटमा सुरु हुनेछ। दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने दाउमा हुनेछन्।

अल नासर जारी प्रतियोगितामा अपराजित छ। अल नासरले समूह चरणका तीन खेलमद्ये दुई खेलमा बराबरी खेल्दा एक खेल जितेको थियो। त्यसपछि क्वाटरफाइनलमा सहज जित निकाल्दा सेमिफाइनलमा इराकी क्लब अल शोर्ता विरुद्द १-० को झिनो जित निकालेको थियो।

त्यस्तै अल हिलाल भने प्रतियोगितामा अपराजित छैन। अल हिलाल समूहचरणको एक खेलमा पराजित भएको थियो। अल हिलालले क्वाटर फाईनलमा साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादलाई पराजित गर्दा सेमिफाइनलमा अल शाहब विरुद्ध ३-१ को सहज जित निकालेको थियो।

अल हिलाल विरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो महत्वपूर्ण भूमिकामा हुनेछन्। रोनाल्डोले निरन्तर पछिल्ला चार खेलमा गोल गरेका छन्। सेमिफाइनलमा रोनाल्डोले निर्णायक भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *