June 14, 2024

एजेन्सी – अरब क्लब च्याम्पियन्स कप २०२३ को सेमिफाइनलमा केहि दिन अगाडी साउदी क्लब अल नासर र इराकी क्लब अल शोर्ता आमने-सामने भए। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा अल नासर विजयी भयो।

अल शोर्ता विरुद्द रोनाल्डोले गरेको पेनाल्टी गोल निर्णायक बनेको थियो। खेलको मुख्य नायक रोनाल्डो थिए र खेलपछि विपक्षी टोलीका खेलाडीहरुले रोनाल्डोसंग तस्विर खिचाए।

तस्विर खिचाउने मद्येमा अल शोर्ताका अहमद जीरो पनि थिए। अहमद जीरोले रोनाल्डोसंग मुस्कान सहित तस्विर खिचेका थिए। तर सामाजिक संजालमा तस्विर राख्दा उनले जे क्याप्सन राखे, त्यसले रोनाल्डो समर्थकलाई रुष्ट बनाएको छ।

अहमद जीरोले सामाजिक संजालमा रोनाल्डोको तस्विर सहित रोनाल्डो फुटबल इतिहाँसकै दोस्रो उत्कृष्ट खेलाडी भनेर क्याप्सन राखेका छन्। रोनाल्डो र आफ्नो तस्विर सहित उनले लेखेका छन्,”इतिहासको दोस्रो उत्कृष्ट खेलाडीसँग।”

उनको यो क्याप्सनले रोनाल्डोका समर्थकलाई धेरै नै रुष्ट बनाएको छ। सामाजिक संजालमा रोनाल्डो समर्थक उनी माथि खनिएका छन्। उनले पहिलो उत्कृष्ट खेलाडी को हो भनेर उल्लेख भने गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *