June 25, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका लेजेण्ड सर्जियो अगुएरोले सन् २०२३-२४ को सिजनमा प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड लिभरपुलका खेलाडीले जित्न सक्ने दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा अगुएरोले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड लिभरपुलका नयाँ खेलाडी एलेक्सिस म्याक एलिस्टरले जित्ने दावी गरेका हुन्।

प्रिमियर लिगमा लामो समय बिताएका अगुएरोलाई प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड कसले जित्ला भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा अगुएरोले एलिस्टरको नाम लिए।

थियरी हेनरी, क्रिस्टियानो रोनाल्डो र केभिन डी ब्रुइनले दुई दुई पटक प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन्। एर्लिङ हालान्डले गत सिजन ३६ गोल गर्दै अवार्ड जित्न सफल भएका थिए।

म्याक एलिस्टर अंग्रेजी फुटबलको शीर्ष तहको लागि अपरिचित छैनन्। सन् २०१९ मा ब्राइटनमा सामेल भइसकेपछि र आफ्नो पूर्व टोलीका लागि १ सय १२ उपस्थितिहरू जनाएपछि लिभरपुलमा सामेल भएका छन्।

गत वर्ष कतार विश्वकपमा आफ्नो देशको सफलतामा २४ वर्षिय खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतियोगिताको फाइनलमा एन्जल डि मारियाको गोलको लागि सहयोग प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *