June 22, 2024

एजेन्सी – लण्डन क्लब आर्सनलले प्रिमियर लिगको पहिलो खेलमा सहज जित निकालेको छ। प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले नटिङ्घम फरेस्ट विरुद्ध सहज जित निकालेको हो।

घरेलु मैदानमा आर्सनलले बलमा राम्रो नियन्त्रण राख्दै खेल आफ्नो पक्षमा पार्यो। आर्सनलले नटिङ्घम विरुद्ध २-१ को जित निकाल्न सफल भयो। खेलभर आर्सनलको बलमा ७९ प्रतिशत नियन्त्रण राखेको थियो।

आर्सनलको तर्फबाट खेलभर कुल १५ प्रहार भएका थिए। जसमद्ये ७ प्रहार टार्गेटका थिए। त्यसमध्ये २ प्रहार गोलमा परिणत भए। आर्सनलका लागि एडी एनकेतिया र बुकायो साकाले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको हो।

दोस्रो हाफमा भने आर्सनलले गोल गर्न सकेन। पाहुना टोलीले खेलभर मात्रै ६ प्रहार गरेको थियो। जसमद्ये मात्र २ प्रहार टार्गेटमा थिए। नटिङ्घमका लागि एक मात्र गोल टाइवो अवोनियाले गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउन प्रयास गरेपनि नटिङ्घम २-१ को गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *