June 14, 2024

एजेन्सी – अन्ततः पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको भूमिमा पहिलो उपाधि जितेका छन्। शनिबार राति अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेसंगै रोनाल्डोले साउदी गएपछिकै पहिलो उपाधि जितेका हुन्।

अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा अल नासरले अल हिलाल विरुद्ध चमत्कारिक जित निकाल्यो। अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बन्न सफल भयो।

अल नासरको सानदार कम्ब्याकमा रोनाल्डो नायक बने। अल नासरका लागि दुवै गोल रोनाल्डोले गरेका थिए। अल हिलालका लागि एक मात्र गोल माइकलले गरेका थिए। माइकलले खेलको ५१ औं मिनेटमा गोल गरेका हुन्।

७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो। तर रोनाल्डोले गोल गर्दै खेललाई ७४ औं मिनेटमा बराबरीमा पुर्याए। त्यसपछि निर्धारित समयमा थप गोल निस्कन सकेन।

पछि ९८औं मिनेटमा रोनाल्डोले गोल गरेसंगै अल नासरको जित पक्का भयो। अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको पहिलो पटक हो। यस भन्दा अगाडी अल नासर सेमिफाइनल सम्म मात्र पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *