June 22, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको भूमिमा महत्वपूर्ण उपाधि सँग-सँगै प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्। अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा सानदार प्रदर्शन गरेका रोनाल्डो प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्।

शनिबार राति भएको खेलमा रोनाल्डोले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गरे। हार्न लागिसकेको खेलमा रोनाल्डोले अल नासरको उद्धार गरेका थिए। रोनाल्डोकै कारण अल नासरले गएराति सानदार कम्ब्याक गर्यो।

अल हिलाललाई २-१ को गोल अन्तरले पराजित गर्नेक्रममा दुवै गोल रोनाल्डोले गरेका थिए। ७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो। तर रोनाल्डोले गोल गर्दै खेललाई ७४ औं मिनेटमा बराबरीमा पुर्याए। त्यसपछि निर्धारित समयमा थप गोल निस्कन सकेन।

पछि ९८औं मिनेटमा रोनाल्डोले गोल गरेसंगै अल नासरको जित पक्का भयो। दुई गोल गरेसंगै प्रतियोगितामा रोनाल्डोको गोल संख्या ६ पुग्यो। रोनाल्डोले पहिलो खेलमा बाहेक सबै खेलमा गोल गरे।

प्रतियोगिताको गोल्डेन बुट रोनाल्डोले जित। अल इत्तिहादका करिम बेन्जेमालाई पराजित गर्दै रोनाल्डोले गोल्डेन बुट जित्न सफल भएका हुन्। बेन्जेमाले प्रतियोगितामा ३ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *