June 14, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार साउदी अरेबिया जाने बाटोमा देखिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार पेरिस सेन्ट जर्मेन(पिएस्जी) छाड्ने निर्णय गरिसकेका नेय्मार साउदी जाने बाटोमा देखिएका हुन्।

यो खबरलाई ट्रान्सफर बजारका गुरु फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रोमानोका अनुसार साउदी क्लब अल हिलालले नेयमारलाई महत्त्वपूर्ण प्रस्ताव प्रस्तुत गरेको छ। नेयमारका लागि अल हिलालले आकर्षक प्रस्ताव तयार पारेको रोमानोले जनाएका छन्।

पूर्ण सहमतिमा पुग्न वार्ता भइरहेको रोमानोको भनाई छ। नेयमार जुनियर र अल हिलाल बीच सम्झौतालाई अन्तिम रुप दिने गरी वार्ता अगाडी बढेको बताइएको छ। सबै ठीक गएको खण्डमा छिट्टै नेयमार अल हिलाल आवद्ध हुनेछन्।

नेयमार सन् २०१७ मा पुगेका हुन्। क्याटलान क्लब बार्सिलोनाबाट रेकर्ड २ सय २२ मिलियनमा पिएस्जीले उनलाई भित्र्याएको थियो। पिएसजीका लागि उनले कुल १ सय ७३ खेल खेले। जसमा उनले १ सय १८ गोल गर्दा ७७ असिस्ट दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *