June 16, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले लालिगामा सानदार सुरुवात गरेको छ। लालिगाको नयाँ सिजनको पहिलो खेलमा रियलले सहज जित निकालेको हो । शनिबार राति रियलले एथलेटिक बिल्बाओलाई उसकै घरेलु मेदनमा २-० को गोल अन्तरले पराजित गर्यो।

एथलेटिक बिल्बाओ विरुद्ध रियलले बलमा राम्रो नियन्त्रण राखेर आ-क्रम-ण गरेको थियो। खेलभर बलमा रियलको ५४ प्रतिशत नियन्त्रण थियो। खेलभर रियलको तर्फबाट कुल १४ प्र-हार भएका थिए। जसमद्ये ८ प्रहा-र टार्गेटमा थिए।

त्यस्तै एथलेटिक बिल्बाओको तर्फबाट ७ प्रहा-र भएकोमा मात्र एक प्रहा-र टार्गेटमा थियो। तर सो प्र-हार गोलमा परिणत भने हुन सकेन। रियलका लागि विंगर रोड्रीगो र मिडफिल्डर जुड बेलिंघमले गोल गरेका थिए।

दुवै गोल पहिलो हाफमा भएका थिए। खेलको २८ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। उनले ड्यानी कार्भाजलको पासमा गोल गर्न सफल भएका हुन्।

त्यस्तै ३६ औं मिनेटमा बेलिंघमले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। डेविड अलाबाको कर्नरमा आएको बललाई उनले गोलमा परिणत गरेका थिए। शनिबारको खेल उनको रियल डेब्यू थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *