June 17, 2024

एजेन्सी – साउदी क्लब अल नासर आवद्ध भएको दुई साता भन्दा कम समयमा सेनेगलका स्टार साडियो मानेले उपाधि जित्न सफल भएका छन्। जर्मन क्लब बायर्न म्युनिखबाट अल नासर आवद्ध भएको दुई साता भन्दा कम समयमा मानेले अरब क्लब च्याम्पियन्स कप जितेका हुन्।

शनिबार राति भएको खेलमा अल नासरले साउदी क्लब अल हिलाललाई पराजित गर्दै उपाधी जित्यो। निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा पछि परेर पनि अल नासरले सानदार कम्ब्याक गर्दै २-१ को गोल अन्तरले जित निकाल्यो। अल नासरका लागि दुवै गोल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गरे।

माने बायर्नबाट यहि अगस्तमा अल नासर आइपुगेका हुन्। सन् २०२२ को समर ट्रान्सफर विन्डोमा लिभरपुलबाट बायर्न पुगेका उनले बायर्नमा राम्रोसँग खेल्न सकेनन्। विश्वकपको समयमा चोट बोकेका उनलाई निको भएपछि खासै अवसर दिइएन।

बायर्नमा रहेर संघर्ष गर्ने सोचमा रहेपनि बायर्नले उनलाई अवसर दिन चाहेन। एक हिसाबले भन्ने हो भने माने बायर्नबाट लखेटिएका थियो। शनिबार संयोग यस्तो बन्यो कि लखेटिएका माने च्याम्पियन बन्दा बायर्न भने च्याम्पियन बन्नबाट चुक्यो।

बायर्नले शनिबार राति जर्मन सुपर कपको च्याम्पियन बन्ने अवसरको सदुपयोग गर्न सकेन। साविक विजेता तथा कीर्तिमानी १० पल्टको च्याम्पियन बायर्नले जर्मन सुपर कपको उपाधि आरबी लाइप्जिगलाई बुझायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *