June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारको साउदी अरेबिया ट्रान्सफर अन्तिम चरणमा पुगेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारको साउदी अरेबिया ट्रान्सफर अन्तिम चरणमा पुगेको हो।

नेयमार विषयमा पेरिस सेन्ट जर्मेन(पिएसजी) र साउदी क्लब बीच अल हिलाल बीच लगभग सहमति भइसकेको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले जनाएका छन्। रोमानोका अनुसार सबै पक्ष बीच सहमति जुटिसकेको छ।

सबै पक्ष बीच सहमति जुटिसकेपनि सम्झौतामा हस्ताक्षर हुन भने बाँकी नै छ। नेयमारको ग्रिन सिग्नल पश्चात अल हिलाल र पिएसजी बीच कुराकानी सुरु भएको र कुराकानी सकारात्मक दिशामा अगाडी बढेको बताइएको छ।

शनिबार राति मात्र अल हिलाल नेयमार भित्र्याउने दौडमा अधिकारिक रुपमा सामेल भएको खुलासा रोमानोले गरेका थिए। पछिल्लो अपडेटका अनुसार छिट्टै नेयमारको विषयमा पिएसजी र अल हिलाल बीच सहमति हुन् सक्छ।

नेयमार सन् २०१७ मा पुगेका हुन्। क्याटलान क्लब बार्सिलोनाबाट रेकर्ड २ सय २२ मिलियनमा पिएस्जीले उनलाई भित्र्याएको थियो। पिएसजीका लागि उनले कुल १ सय ७३ खेल खेले। जसमा उनले १ सय १८ गोल गर्दा ७७ असिस्ट दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *