June 25, 2024

एजेन्सी – केहि खेल मिडियामा एक खबरलाई मान्ने हो भने स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस अहिले नै अमेरिका जाने पक्षमा छैनन्। स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले रामोस अमेरिक जाने पक्षमा नरहेको दावी गरेका हुन्।

रामोस अहिले युरोपमै खेल्ने पक्षमा रहेको र उनको अहिले अमेरिका जाने कुनै योजना नरहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ। स्पेनियार्ड शीर्ष UEFA च्याम्पियन्स लिग क्लब मा खेल्न उत्सुक रहेको बताइएको छ।

पेरिस सेन्ट जर्मेन(पिएस्जी)सँगको सम्झौता सकिएपछि रामोस फ्री एजेन्ट भएका छन्। उनले कुनै पनि क्लबसँग सम्झौता गरिसकेको अवस्था छैन। रामोस अमेरिकी क्लब इन्टर मियामी आवद्ध हुने चर्चा केहि समय देखि चल्दै आएको छ।

तर यी सारा चर्चाहरुलाई मार्काले खारेज गरेको छ। रामोसले पीएसजीमा लियोनेल मेस्सीसँगै ४६ खेल खेलेका थिए। तर रामोस मेस्सीसँग मियामी आवद्ध हुने पक्षमा नरहेको मार्काको दावी छ।

रामोस माथि अमेरिकी क्लबको अलावा साउदी क्लबहरुको पनि नजर छ। रामोसलाई साउदीका केहि क्लबले भित्र्याउन चाहेको बताइएको छ। रामोस भने च्याम्पियन्स लिग खेल्ने क्लबको प्रस्तावलाई कुरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *