June 16, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उपाध्यक्ष राफा युस्टेले एट्लेटिको म्याड्रिडका पोर्चुगिज युवा स्टार जोआओ फेलिक्सले बार्सिलोनाबाट खेल्ने चाहना राख्नुले बार्सिलोना कस्तो अवस्थामा छ भन्ने देखाएको दावी गरेका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा युस्टेले बार्सिलोनाबाट खेल्ने फेलिक्सको चाहना बारे टिप्पणी गर्दै बार्सिलोना बलियो स्थितिमा रहेको दावी गरे। फेलिक्स जस्तो खेलाडीले बार्सिलोनाका लागि खेल्ने चाहना राख्नु आफूहरुको लागि गर्वको कुरा रहेको उनको भनाई छ।

“जोआओ फेलिक्स जस्ता खेलाडीले बार्सिलोनाबाट खेल्न चाहन्छु भन्नु हाम्रो लागि गर्वको कुरा हो। यसले बार्सा बलियो स्थितिमा रहेको देखाउँछ।”,बार्सिलोनाका उपाध्यक्ष राफा युस्टेले भने।

केहि समय अगाडी फेलिक्सले आफू बार्सिलोनाबाट खेल्न चाहेको बताएका थिए। बाल्यकाल देखि नै आफूले बार्सिलोनाबाट खेल्ने सपना देखिरहेको उनको भनाई थियो। बार्सिलोनाबाट खेल्न पाए आफ्नो सपना साकार हुने उनले बताएका थिए।

फेलिक्सले भनेका थिए,”बार्साबाट खेल्न चाहन्छु। बार्सिलोना सधैं मेरो पहिलो रोजाइ हो। यो सँधै मेरो सपना थियो जब म बच्चा थिएँ। बार्सा जान पाए मेरो सपना साकार हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *