June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमर पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर जानेक्रममा छन्। नेयमार युरोप छाडेर साउदी अरेबिया जाने उच्च सम्भावना छ। साउदी क्लब अल हिलाल र पिएसजी बीच नेयमारको विषयमा लगभग सहमति जुटिसकेको छ।

केहि समय अगाडी नेयमार पिएसजीबाट लोनमा बार्सिलोना जाने चर्चा पनि चलेको थियो। तर नेयमार भित्र्याउने दौडमा अल हिलालको इन्ट्री पश्चात नेयमार बार्सिलोना जाने सम्भावना सकिएको छ।

नेयमार नपाउने भएपछि बार्सिलोनाको नजर यति बेला एट्लेटिको म्याड्रिडका पोर्चुगिज युवा स्टार जोआओ फेलिक्स तर्फ गएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुका अनुसार बार्सिलोनाले फेलिक्सलाई भित्र्याउने प्रयास गर्न सक्छ।

फेलिक्स पनि बार्सिलोनाबाट खेल्न चाहन्छन्। केहि समय अगाडी उनले बार्सिलोना आफ्नो ड्रिम क्लब रहेको बताएका थिए। बार्सिलोनाबाट खेल्न पाए आफ्नो सपना साकार हुने उनको भनाई थियो।

तर आर्थिक रुपमा संकटग्रस्त बार्सिलोनाले फेलिक्सलाई भित्र्याउन धेरै कठिन देखिन्छ। एट्लेटिकोले उनलाई सय मिलियन युरो भन्दा बढी रकममा भित्रीएको थियो। जसकारण एट्लेटिको उनले उनलाई सय मिलियन युरो भन्दा कम रकममा बिक्री गर्ने देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *