June 17, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) र फ्रेन्च स्टार किलियन एम्बाप्पे बीचको तिक्तता मेटिने संकेत मिलेको छ। गएको केहि महिना देखि दुई पक्ष बीच बिग्रिएको सम्बन्ध सुधार हुने संकेत देखिएको हो।

पिएसजीले एम्बाप्पेलाई पहिलो रोजाईको टोलीमा फिर्ता बोलाउने निर्णय गरिसकेको छ। दुई पक्ष बीच भएको छलफल पश्चात पिएसजीले एम्बाप्पेलाई पहिलो रोजाईको टोलीमा फिर्ता बोलाउने निर्णय गरेको हो।

एम्बाप्पेले सन् २०२४ को समर ट्रान्सफर विन्डोमा सित्तैमा क्लब छाड्न लागेको भन्दै पिएसजीले एम्बाप्पेलाई पहिलो रोजाईको टोलीबाट बाहिर राखेको थियो। पिएसजीले एम्बाप्पेलाई बिक्री गर्ने निर्णय पनि गरेको थियो। तर सो प्रयास भने सफल हुन सकेन। अन्यत्रबाट आएका सबै प्रस्तावलाई एम्बाप्पेले अस्विकार गरिदिए।

केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने एम्बाप्पेले पिएसजीसँगको सम्झौता एक वर्ष थप गर्न सक्छन्। एम्बाप्पेले पिएसजीसँगको सम्झौता सन् २०२५ सम्मका लागि थप गर्ने र पिएसजीले उनलाई सन् २०२४ मा क्लब छाड्न दिने विषयमा सहमति जुटाउने प्रयास भइरहेको युरोपेली खेल मिडियाहरुले जनाएका छन्।

पिएसजी र एम्बाप्पे बीच यस विषयमा सहमति जुटेमा स्पेनिस क्लब रियल म्याड्रिडको योजनामा भने केहि धक्का लाग्न सक्छ। रियलले एम्बाप्पेलाई फ्री ट्रान्सफरमा भित्र्याउने योजना बनाएको थियो। तर सम्झौता थप भएपछि रियलले एम्बाप्पेलाई फ्री ट्रान्सफरमा भित्र्याउन सक्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *