June 25, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार साउदी अरेबिया जाने अन्तिम अवस्थामा छन्। छिट्टै उनी पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर साउदी क्लब अल हिलाल आवद्ध हुनेछन्। पिएसजी र अल हिलाल बीच एक प्रकारको सहमति भइसकेको छ।

दुवै पक्ष नेयमारको ट्रान्सफरलाई अन्तिम रुप दिन जुटेका छन्। नेयमार यसै साता भित्र साउदी पुग्ने उच्च सम्भावना रहेको छ। नेयमारको ट्रान्सफर अन्तिम अवस्थामा पुगिसकेको ट्रान्सफर बजारका जानकारहरुले बताइरहेका छन्।

नेयमार साउदी जाने पक्का हुँदा धेरैको चासो यति बेला उनको पारिश्रमिकमा छ। पिएसजीमा सबै भन्दा बढी पारिश्रमिक पाउने दोस्रो खेलाडीको रुपमा रहेका नेयमारले अल हिलालमा उच्च पारिश्रमिक लाउने बताइएको छ।

फ्रेन्च पत्रिका ले इक्विपले गरिरहेको दावीलाई मान्ने हो भने अल हिलालमा नेयमारको पारिश्रमिक १ सय ६० मिलियन युरो हुनेछ। यो क्रिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोले पाउँदै आएको भन्दा कम पारिश्रमिक हो।

अल हिलाल पुगेपछि नेयमार विश्वकै सबै भन्दा बहि पारिश्रमिक पाउने तेस्रो खेलाडी हुने ले इक्विपले जनाएको छ। नेयमारले अल हिलालमा अहिले पाइरहेको भन्दा लगभग चार गुणा बढी पारिश्रमिक पाउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *