June 14, 2024

एजेन्सी – एक सिजन पछि च्याम्पियन्स लिगका लागि छनोट भएको म्यानचेस्टर युनाइटेड यस सिजन प्रिमियर लिग उपाधि जित्न चाहन्छ। गत सिजन तेस्रो स्थानमा चित्त बुझाएपनि युनाइटेड पक्कै नयाँ सिजनमा गत सिजन भन्दा राम्रो गर्ने पक्षमा हुनेछ।

युनाइटेड आज राति प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल खेल्दैछ। युनाइटेडले सिजनको पहिलो खेलमा वुल्भ्सको सामना गर्न लागेको हो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने पहिलो खेलमा युनाइटेड जित निकाल्ने दाउमा हुनेछ।

गत सिजन युनाइटेडले प्रिमियर लिगक दुवै खेलमा वुल्भ्सलाई पराजित गरेको थियो। आज हुने खेलमा पनि युनाइटेड सो शृंखलालाई जारी राख्ने योजना सहित मैदानमा उत्रनेछ।

युनाइटेड र वुल्भ्स बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा प्रतक्ष्य हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *