June 16, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार साउदी अरेबियन क्लब अल हिलाल आवद्ध हुन तयार भएका छन्। ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोका अनुसार नेयमार अल हिलाल आवद्ध हुन तयार भएका हुन्।

नेयमारको ट्रान्सफरलाई लिएर सबै पक्षबीच सहमति जुटेको रोमानोले जनाएका छन्। रोमानोले सामाजिक संजाल मार्फत अल हिलाल र पिएसजी बीच १ सय मिलियन युरो नजिक सहमति जुटेको छ।

नेयमारले जुन ३०, २०२५ सम्म मान्य सम्झौतामा हस्ताक्षर गर्ने तय भएको रोमानोको भनाई छ। नेयमारले अल हिलालमा पनि १० नम्बरकै जर्सी लगाउने टुंगो लागिसकेको छ। नेयमारको आजै मेडिकल परीक्षण हुने र त्यसपछि उनी साउदी तर्फ लाग्ने बताइएको छ।

अल हिलालले नेयमारलाई यहि साताको अन्त्यमा सार्वजनिक गर्नेछ। नेयमार सन् २०१७ मा विश्व रेकर्ड ट्रान्सफर रकममा पिएसजी पुगेका थिए। नेयमारका लागि पिएसजीले २ सय २२ मिलियन युरो खर्च गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *