June 16, 2024

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार साउदी प्रो लिग जाने भएका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)मा खासै सन्तुष्ट नरहेका नेयमार साउदी अरेबिया जाने भएका हुन्। नेयमारलाई लिएर पिएसजी र साउदी क्लब अल हिलाल बीच सहमति भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

९० मिलियन युरो र थप बोनससहित नेयमारलाई भित्राउन अल हिलाल तयार भएको बताइएको छ। नेयमारले अल हिलालमा अहिले पाउँदै आएको भन्दा कयौं गुणा बढी पारिश्रमिक पाउनेछन्।

नेयमारले अल हिलालमा १ सय ५० मिलियन युरो भन्दा बढी पारिश्रमिक पाउने युरोपेली खेल मिडियाहरुको भनाई छ। नेयमार साउदी जानुलाई धेरैले रोनाल्डोको प्रभावको रुपमा टिप्पणी गरिरहेका छन्।

रोनाल्डो समर्थक यति बेला सामाजिक संजालमा नेयमारको साउदी ट्रान्सफरलाई ‘रोनाल्डो इफेक्ट’को संज्ञा दिरहेका छन्। सामाजिक संजालमा एक लेख्छन्,”मेस्सीसँग पूरै जीवन खेले। तर अन्तमा, रोनालोको बाटो पछ्याए।

अर्का एक लेख्छन्,”मलाई क्रिस्टियानो रोनाल्डो भन्दा बढी प्रभावशाली व्यक्ति देखाउनुहोस्। यो सबै रोनाल्डोको प्रभाव भन्दा अरु केहि हो त ? सदाको लागि साउदी फुटबल परिवर्तन भयो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *