June 22, 2024

एजेन्सी – साउदी प्रो लिगको पहिलो खेलमै अल नासर पराजित भएको छ। सोमबार राति भएको खेलमा अल नासर अल इत्तिफाकसँग पराजित हुन पुगेको हो। अल इत्तिफाकको घरेलु मैदानमा भएको खेलमा अल नासर २-१ को गोल अन्तरले पराजित भयो।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो नभएको खेलमा अल नासरले बलमा राम्रो नियन्त्रण राखेर पनि गोल गर्न भने सकेन। अल नासरले बलमा कुल ६० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अल नासरले बलमा ६० प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर अल नासरको तर्फबाट कुल १० प्र-हार भएका थिए। जसमद्ये २ प्र-हार मात्र टार्गेटमा थिए। त्यस्तै इत्तिफाकले खेलभर मात्र ५ प्रहा-र गरेको थियो। जसमद्ये ३ प्रहा-र टार्गेटमा थिए भने दुई प्रहा-र गोलमा परिणत भयो।

अल नासरलाई साडियो मानेले खेलको सुरुवातमै अग्रता दिलाएका थिए। उनले खेलको चौथो मिनेटमा गोल गरेपनि सो अग्रता अल नासरले जोगाउन सकेन। खेलको ४७ औं मिनेटमा रोबिन क्वेजनले बराबरी गोल फर्काए।

त्यस्तै ५३ औं मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गर्दा अल इत्तिफाकले जित पक्का गर्यो। नवाफले क्रसमा आएको बल समाउन चुकेपछि डेम्बेलेले गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *