June 22, 2024

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर साउदी अरेबियन क्लब अल हिलालमा आवद्ध भएका छन्। गत सिजन देखि नै पिएसजी छाड्ने भनेर चर्चा गरिएका नेयमारले अन्ततः अल हिलालसँग सम्झौता गरेका हुन्।

नेयमारका लागि १ सय मिलियन युरो नजिक ट्रान्सफर रकम तिर्न अल हिलाल तयार भएसँगै पिएसजी नेयमारलाई बिक्री गर्न तयार भयो। अल हिलाल र पिएसजी बीच १ सय मिलियन युरो नजिक सहमति भएको बताइएको छ।

अल हिलालसँग जोडिनु अगाडी नेयमार बार्सिलोना जाने चर्चा समेत थियो। पिएसजीबाट लोनमा भएपनि नेयमार बार्सिलोना जान सक्ने रिपोर्टहरु बाहिर आएका थिए। तर अन्त्यमा अल हिलालसँग जोडिए।

ट्रान्सफर गुरु फाब्रियो रोमानोका अनुसार प्रशिक्षाक जाभीका कारण नेयमारको बार्सिलोना ट्रान्सफर सम्भव हुन सकेन। जाभी कुनै पनि हालतमा नेयमारलाई बार्सिलोनामा चाहँदैनथे।

नेयमारको बार्सिलोना ट्रान्सफर असफल हुनु बारे स्पष्ट पार्दै रोमानोले जाभी नेयमारलाई आफ्नो योजनामा समावेश गर्न तयार नरहेका कारण बार्सिलोनाको तर्फबाट खासै ठोस कदम चालिएन। बार्सिलोना अध्यक्ष जोआन लापोर्टा नेयमारको ठूलो प्रशंसक रहेपनि जाभीका कारण बार्सिलोनाले नेयमार नभित्र्याएको रोमानोले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *