June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र अमेरिकी क्लब इन्टर मियामी बुधबार बिहान एक्सनमा उत्रँदैछ। लिग्स कपको सेमिफाइनल अन्तर्गत फिलाडेल्फिया युनियन विरुद्धको खेलका लागि मेस्सी र मियामी एक्सनमा उत्रन लागेका हुन्।

मेजर सकर लिगमा निरन्तर कम्जोर प्रदर्शन गरेपनि मेस्सीको आगमन पश्चात लिग्स कपमा भने मियामी उच्च प्रदर्शन गरिरहेको छ। मेस्सीले आठ गोल गर्दा मियामी सेमिफाइनल पुगेको छ।

फाइनलमा स्थान बनाउने योजना सहित मियामी फिलाडेल्फिया युनियन विरुद्ध मैदानमा उत्रनेछ। सेमिफाइनलमा पनि मियामी मेस्सीकै भर पर्नेछ। मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित मियामीले सेमिफाइनलमा चार्लोट एफसीलाई पराजित गरेको थियो।

सो खेलमा मियामी ४-० को गोल अन्तरले विजयी भएको थियो भने मेस्सीले पनि गोल गरेका थिए। त्यसभन्दा अगाडी डालास विरुद्धको खेलमा मेस्सीले मियामीको उद्धार गरेका थिए। पछि परिसकेको अवस्थामा मेस्सीले गोल गर्दै खेललाई बराबरीना पुर्याएका थिए।

फिलाडेल्फिया युनियन र मियामी बीचको खेल फिलाडेल्फिया युनियनको घरेलु मैदानमा हुनेछ। फाइनलमा स्थान बनाउनको लागि हुने खेल नेपाली समय अनुसार बुधबार बिहान ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *