June 25, 2024

एजेन्सी – केहि स्पेनिस मिडियाहरुका अनुसार क्याटलान क्लब बार्सिलोनाले २० वर्षीया अन्सु फातीका लागि प्रिमियर लिग क्लबबाट प्रस्ताव पाएको छ। बार्सिलोनाले फातीका लागि ५० मिलियन युरोको प्रस्ताव पाएको दावी स्पेनिस पत्रिका स्पोर्ट्सले गरेको हो।

बार्सिलोनाले फातीका लागि ५० मिलियन युरोको प्रस्ताव प्राप्त गरेको स्पोर्ट्सले जनाएको छ। यधपी फातीका लागि प्रस्ताव पठाउने प्रिमियर लिग क्लब भने खुलाइएको छैन। आर्थिक संकटका कारण बार्सिलोनाले क्लबमा रहेका खेलाडीहरु बिक्री गर्न चाहिरहेको छ।

फातीलाई अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको स्थान लिने खेलाडीको रुपमा हेरिएपनि अपेक्षा अनुसार खेल्न सकेनन्। फातीले गत सिजनमा ५१ खेल खेलेका थिए, १० पटक गोल गरेका थिए। ५१ खेल मध्ये १६ खेलमा मात्रै उनी सुरुवाती ११ मा परेका थिए।

फातीले बार्सिलोनाका लागि कुल १ सय १० खेल खेल्दा २९ गोल गरेका छन्। उनको नाममा १० असिस्ट पनि छ। उनले पछिल्लो समय क्याटलान क्लबमा शुरुवाती भूमिकाका लागि संघर्ष गरिरहेका छन्। फातीले २०२० मा ब्लाउग्रानाका लागि आफ्नो वरिष्ठ डेब्यू गरेका थिए।

स्पेनियार्डले प्रि-सिजनमा एसी मिलान र टोटनह्याम हटस्परको विरुद्धमा गोल गर्दै सुधारको संकेत देखाएका थिए। बार्सिलोनामा फातीको सम्झौता सन् २०२७ सम्मका लागि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *