June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएपछि अमेरिकी फुटबल निरन्तर चर्चामा छ। मेस्सीको आगमन पश्चात अमेरिकी फुटबल दर्शकको संख्या बढेको छ।

मेस्सीका कारण टिकेटको बिक्री मात्र बढेको छैन। टिकेटको मूल्यमा पनि ठूलो बढोत्तरी भएको छ। मेजर लिग सकर पक्षले बुधबार लिग कप सेमिफाइनलमा फिलाडेल्फिया युनियनको सामना गर्दैछ।

सो खेलका लागि उपलब्ध टिकेटहरु छोटो समयमै उच्च मूल्यमा बिक्री भएका छन्। टिकेट बिक्री खुलेको ८ मिनेटमै सबै टिकेट बिक्री भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

“सुबारु पार्कमा मंगलबारको खेलका लागि आधिकारिक रूपमा टिकेटहरु सोल्ड आउट भएका छन्। सीमित संख्यामा स्ट्यान्डिङ-टिकेट मात्र बाँकी छन्।”,टिकेटहरु बिकेपछि फिलाडेल्फियाले एक विज्ञप्ति मार्फत भनेको छ।

SeatGeek का अनुसार, मेस्सीलाई हेर्ने मौकाको लागि सबैभन्दा कम मूल्यको टिकट ४ सय २२ डलरमा बिक्री भयो। यो नियमित मूल्य भन्दा कयौं गुना उच्च हो। फिलाडेल्फियाले आउने खेलमा डालासको सामना गर्नेछ र सो खेलको टिकेट मूल्य मात्रै १५ डलर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *