June 25, 2024

एजेन्सी – लिभरपुलका पूर्वकप्तानद्वय जोर्डन हेन्डरसन र स्टिभन जेरार्डको साउदी लिग क्लब अल इत्तिफाकले मौकाको फाइदा उठाएको छ। साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा अल इत्तिफाकले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिको फाइदा उठाउन सफल भएको हो।

अरब क्लब कपको फाइनलमा सामान्य चोट बोकेका रोनाल्डोले अल इत्तिफाक विरुद्ध खेल्न सकेनन्। रोनाल्डोको अनुपस्थितिमा अल इत्तिफाकले अल नासरलाई अल नासरलाई २-१को गोल अन्तरले पराजित गर्यो।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो नभएको खेलमा अल नासरले बलमा राम्रो नियन्त्रण राखेर पनि गोल गर्न भने सकेन। अल नासरलाई साडियो मानेले अग्रता दिलाएपनि त्यो जितका लागि पर्याप्त भएन।

उनले खेलको चौथो मिनेटमा गोल गारेका थिए। खेलको ४७ औं मिनेटमा रोबिन क्वेजनले बराबरी गोल फर्काए। त्यस्तै ५३ औं मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गर्दा अल इत्तिफाकले जित पक्का गर्यो। यससँगै स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको टोलीले ३ अंक पायो।

रोनाल्डोलाई लागेको चोट खासै गम्भीर नरहेको बताइएको छ। रोनाल्डो आगामी खेलका लागि फर्किने उच्च सम्भावना छ। रोनाल्डोको फिर्ती पछि भने पक्कै अल नासर जितको शृंखलाका लागि तयार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *