June 16, 2024

एजेन्सी – प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटीलाई नयाँ सिजनको सुरुवातमै झड्का लागेको छ। क्लबमा महत्वपूर्ण खेलाडी घाइते भएसँगै सिटीलाई झड्का लागेको हो।

म्यानचेस्टर सिटीका स्टार केभिन डे ब्रुइनको ह्यामस्ट्रिङमा लागेको चोट सोचे भन्दा गम्भीर देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार सो चोटका लागि उनको शल्यक्रिया पनि गर्न पर्ने हुन सक्छ।

बेल्जियमका मिडफिल्डरले सिटीको प्रिमियर लिगको ओपनर बर्नली र गार्डियोला विरुद्धको खेलमा ह्यामस्ट्रिङमा चोट लागेको थियो। म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले डे ब्रुइनलाई केही महिना मैदान बाहिर हुने बताए।

क्लबले यो समस्याको उपचार गर्न खेलाडीलाई शल्यक्रिया गर्ने वा नगर्ने भनेर विचार गरिरहेको ग्वार्डिओलाले जानकारी दिए। शल्यक्रिया भएको खण्डमा केभिन डे ब्रुइनले ३-४ महिना आराम गर्न पर्नेछ।

“हामीले शल्यक्रियाको बारेमा अर्को दिनमा निर्णय गर्नुपर्नेछ तर निश्चित रूपमा हामीले केभिनलाई केही समयको लागि गुमाउनेछौं। शल्यक्रिया भनेको शल्यक्रिया हो – तीन वा चार महिना लाग्न सक्छ।”,गार्डियोलाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *