June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको उपाधि नजिक पुगेको छ। बुधबार बिहान भएको खेलमा भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

फिलाडेल्फिया युनियनको घरेलु मैदानमा दुई टोलीले एक अर्कालाई कडा टक्कर दिएका थिए। खेलभर कुल ५ गोल भए। जसमध्ये ४ गोल मियामी र १ गोल फिलाडेल्फिया युनियनले गरेको थियो। खेल मियामीले ४-१ को गोल अन्तरले जित्यो।

मियामीका लागि जोसेफ मार्टिनेज, लियोनेल मेस्सी, जोर्डी अल्बा र डेभिड रुइजले गोल गरेका थिए। मियामीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको थियो। फिलाडेल्फियाको लागि भने एक मात्र गोल दोस्रो हाफमा आएको थियो। सो गोल अलेजान्ड्रो बेडोयाले गरेका थिए।

बलमा अबाही नियन्त्रण मियामीको थियो। मियामीले बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर मियामीको तर्फबाट कुल ५ प्रहार भएका थिए। त्यसमद्ये ४ प्रहार टार्गेटमा थिए र चारै प्रहार गोलमा परिणत भए।

त्यस्तै फिलाडेल्फियाले भने खेलभर कुल १६ प्रहार गरेको थियो। त्यसमद्ये ४ प्रहार टार्गेटमा थिए। तर एक प्रहारलाई मात्र गोलमा परिणत गराउन फिलाडेल्फिया सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *