June 14, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामी इतिहाँसमै पहिलो पटक लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान मियामीले फिलाडेल्फिया युनियनलाई पराजित गर्दै मियामी लिग्स कपको फाइनलमा पुगेको हो।

यस भन्दा अगाडी मियामी कहिल्यै पनि लिग्स कपको फाइनलमा पुगेको थिएन। तर अब भने मियामी उपाधि नै जित्ने अवस्थामा उभिएको छ। मियामीले अब लिग्स कपको उपाधिका लागि यहि साताको अन्त्यमा प्रतिष्पर्धा गर्नेछ।

निरन्तर हार बेहोरिरहेको मियामीले फाइनलको यात्रा तय गर्दा मेस्सीको महत्वपूर्ण भूमिका रह्यो। मेस्सी टोलीमा समावेश भएदेखि नै मियामीले उच्च प्रदर्शन गरिरहेको छ। मेस्सीले मियामीका लागि लिग्स कपमा ९ गोल गरिसकेका छन्।

मेस्सीले मियामीका हरेक खेलमा गोल गरेका छन्। मेस्सीले मियामीका लागि ६ खेलमै २ फ्री किक गोल समेत गरिसकेका छन्। मेस्सीको आगमन पछि मियामी पहिलो लिग्स कप उपाधि नजिक पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *